३७ लाख धरौटी बुझाउन नसक्दा लिला पछाईं कारागार चलान

सेयर गर्नुहोस्

२५ पौष, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलन मुद्दाका प्रतिवादी लिला पछाईं धरौटी बुझाउन नसक्दा कारागार चलान भएकी छन्।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा बिहीबार कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासले पछाईंसँग ३७ लाख धरौटी माग गरेको थियो। धरौटी तिर्न नसक्दा उनी कारागार चलान भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। उनलाई कारागार कार्यालय कास्की पठाइनेछ। अदालतले माग गरेअनुसारको धरौटी नगदमा, जायजेथा वा बैंक ग्यारेन्टीबाट व्यवस्था गर्न सकिने प्रावधान छ। पछाईंले कुनैपनि माध्यमबाट धरौटी बुझाउन नसक्दा कारागार चलान भएकी हुन्।पछाईंविरूद्ध सम्पत्ति शुद्धीकरणतर्फ २४ करोड ६७ लाख ७ हजार ३४ रूपैयाँ बिगो दाबी गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *