दुई तिहाइको धेरै घमण्ड नगर्न सरकारलाई नेकपा एसको चेतावनी

सेयर गर्नुहोस्

१८ माघ,काठमाडौं-नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइ सरकारको घमण्ड धेरै नगर्न चेतावनी दिएका छन् ।

शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई संबोधन गर्दै नेकपा (एस)का नेता एवम प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले दुई तिहाईको सरकारले निरंकुश शासनको झल्को देखाइरहेको टिप्पणी गरे ।

उनले सम्बोधन गर्दै भने, ‘अघि प्रधानमन्त्री ज्यूले दुई तिहाइको सरकार हो भनेर दम्भ देखाउनुभयो । त्यसो भए दुई तिहाइको सरकार छ भनेर जे–जे गर्न मन लाग्यो त्यहि गरे भैहाल्यो नि । जे मन लाग्छ त्यहि गर्नुस । दुई तिहाइ छ भने कालोलाई सेतो भन्नुस् न त, दुई तिहाइको धेरै घमण्ड नगर्नुस् । दुई तिहाइको सरकारले निरंकुश शासनको झल्को देखाउँछ ।’

नेता पाण्डेले दुई तिहाइको सरकारले धेरै राम्रा काम गरेको देखाउनका लागि अध्यादेश ल्याएको बताए ।उनले भने, ‘अध्यादेश ल्याउन पाउदैँन भन्ने होइन, दुई अधिवेशनको विचमा ल्याउने हो । केहि दिनमा अधिवेशन सुरु हुदैँछ भन्दा भन्दै हतारमा किन ल्याउनुपर्यो रु दुई ठुला दल मिलेर धेरै राम्रा काम गर्न सकिरहेका छौ भनेर देखाउनका लागि अध्यादेश ल्याएको हो र ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *