प्रशिक्षकको जिम्मेवारीबाट बिदा भए मोन्टी देसाई

सेयर गर्नुहोस्

२० माघ,काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग भएका मोन्टी देसाईले सबैलाई धन्यवाद दिएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले देसाईको दुई वर्षको कार्यकाल नथप्ने निर्णय गरेसँगै मोन्टीको कार्यकाल सकिएको हो।योसँगै उनले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै आफ्नो कार्यकाल सम्झिएका छन्।

‘प्रिय नेपाल, यो बिदाई होइन, तर हार्दिक धन्यवाद!,’ मोन्टीको भनाइ छ, ‘जनवरी १०, २०२३ मा, मैले नेपाल क्रिकेट संघसँगको अवसरलाई स्वीकार गरें। नेपाल क्रिकेटमा स्थायी प्रभाव छाड्ने आशामा उत्साह र उद्देश्यका साथ पाइला राखेको थिएँ।’

उनले आफ्नो दुई वर्षको कार्षकाल अविस्मरणीय भएको बताउँदै कतिपय क्षण सुन्दर र कतिपय क्षण कोशेढुंगा भएको बताएका छन्।दुई वर्षअघि त्रिवि मैदानमा भएको एसिसी प्रिमियर कप (एसिया कप) छनौटमा नेपाली समर्थकहरू रुख चाढेर र छाता लिएर मैदानमा उभिएको क्षण सम्झना गरेका छन्। सो प्रतियोगिताको फाइनलमा नेपालले युएईलाई पराजित गर्दै एसिया कपमा स्थान पक्का गरेको थियो। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो।

यस्तै गत वर्ष नै मुलपानी मैदानमा खेलेको विश्वकप छनौट पनि उनले सम्झिएका छन्। मुलपानीमा युएईलाई नै हराउँदै नेपालले दश वर्षपछि विश्वकपमा स्थान बनाउने क्रममा टी-२० विश्वकपम २०२४ मा स्थान पक्का गरेको थियो। उनले मुलपानी मैदानमा नेपाली समर्थकको जोश उत्कृष्ट भएको व्याख्या गरेका छन्।

उनले दुई वर्षको कार्यकालमा अहिले राम्रो क्षण त कहिले टिमको नराम्रो प्रदर्शन भएको पनि सम्झना गरेका छन्। उनले क्यान व्यवस्थापनसहित छनौटकर्ता, खेलाडी, प्रशिक्षक, अफिसियल, स्कोरर, ग्राउन्ड्सम्यमान, क्यामेराम्यान, कमेन्टेटर र कप्तान रोहित पौडेललाई आफूसँग सहकार्य गरेको कृतज्ञता ज्ञापन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *