२० माघ, काठमाडौं । सहाकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । उनीसहितको समूहमाथि म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिना गरेको आरोप छ । उनी नेकपा (एमाले) का नेता हुन् ।