रविविरुद्धको थुनछेक बहस आजलाई सकियो; भोली फेरी हुने

सेयर गर्नुहोस्

२३ माघ,काठमाडौं-  सहारा चितवन सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध थुनछेक बहस बुधबारका लागि सकिएको छ ।

जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ता बुद्धबहादुर थापाको बहस सकिएपछि जाहेरवालाका तर्फबाट रमेश काफ्लेको बहस सकिएकोे चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । काफ्लेको बहससँगै बुधबारका लागि बहसको क्रम सकेर बिहीबार बहस हुने बताइएको छ ।

रास्वपा सभापति रवि लामिछानेको तर्फबाट बहसका लागि वकालतनामा लेखाउने अधिवक्ताको संख्या १० पुगेको छ । वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तसहित १० जना वकिलले वकालतनामा दर्ता गरेका छन् ।

सहकारी पीडितका तर्फबाट बुधबार बहस गरेका काफ्लेबाहेक वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ तथा अधिवक्ताहरू सुनिता अधिकारी र शम्भु बर्ताैलाले वकालतनामा दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *