प्रचण्डले संसद्‌मा प्रधानमन्त्री खोजे;देउवालाई दिए धन्यवाद

सेयर गर्नुहोस्

२४ माघ, काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले संसद्‌मा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएकोप्रति गुनासो गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधन गर्नका लागि झण्डै एक साताअघि नै संसद् सचिवालयमा नाम टिपाएका थिए ।;

‘प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थिति हुने प्रावधान छ । मैले प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ,’ प्रचण्डले भने, ‘सत्तापक्षको सबैभन्दा ठूलो दलको नेता पनि आउनुहुन्छ होला भन्ने सोचेको थिएँ । तर, अहिलेसम्म आउनुभएको छैन ।’

प्रचण्डले सम्बोधन गर्दागर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने बैठककक्षमा पुगेका छन् ।उनले देउवालाई ढिलै भएपनि बैठकमा पुगेकोमा धन्यवाद व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *