दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राखिने

सेयर गर्नुहोस्

२८ माघ,काठमाडौँ –महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि ग्रेनाइड लगाउने भएको छ । महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाउने भएको हो ।सो पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्मको हुने महानगरपालिकाले जनाएको छ ।

अहिले सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ् गरिएको र त्यसभन्दा माथि व्रिक सोलिङ् गरिएको महानगरपालिकाले जनाएको छ ।

त्यसभन्दा माथि पीसीसी ढलान र ग्रेनाइट बिछ्याइने जनाउँदै यो १६ एमएमसम्मको हुने महानगरपालिकाको भनाइ छ । आइतबार सो सडकको अनुगमन समितिले गुणस्तर निरीक्षण समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *