जसले जनयुद्धलाई मेटाउन खोज्छ त्यो खरानी हुन्छः प्रचण्ड

सेयर गर्नुहोस्

१ फागुन, काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध नेपाली जनताको युगान्तकारी अभियान र कीर्तिमान कायम गर्ने युद्ध रहेको बताएका छन् । आज (बिहीबार) जनयुद्ध दिवसको अवसरमा माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध ऐतिहासिक रहेको र यसलाई इतिहासबाट कसैले मेटाउन नसक्ने बताए । जनयुद्धलाई जसले मेटाउने दुस्साहस गरेपनि त्यो खरानी हुने उनको चेतावनी छ ।

माओवादीलेसमुदायतर्फ फर्कदै जनताका ‘एजेण्डा’लाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेको उनले बताए । राजनीतिक तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले महसुस गर्नेगरी उनीहरुको जीवन परिवर्तन गर्ने प्रयासमा पार्टी जुट्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सशस्त्र सङ्घर्ष सुरु गरेको थियो । सोही दिनको सम्झनामा माओावदी केन्द्रले आज ३०औँ जनयुद्ध दिवस मनाउको हो । त्यसअवसरमा अध्यक्ष प्रचण्डलगायत माओवादी नेताहरुले पार्टी कार्यालय परिसमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *