प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दे सभामुख

२५ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले भोलि विहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित…

सभामुखले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै

२६ चैत, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग…

२२ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक सुरु गर्दै उनले दलहरुबीचको एकताको विषय उठाएका हुन् । सभामुख घिमिरेले चालु अधिवेशनदेखि संसदलाई प्रभावकारी क्रियाशील र जीवन्त बनाउन केही नयाँ अभ्यास गर्न लागेको जानकारी गराए । यो अधिवेशनदेखि संसदीय गतिविधि समयवद्ध सञ्चालन गर्न कार्यतालिका लागू गर्ने र यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने उनले बताए ।

प्रतिनिधिसभाको बितेका दुई अधिवेशनमा संसद नियमावली निर्माण र संसदीय समितिले पूर्णता पाएको भन्दै उनले अब संसदीय गतिविधि सहज ढंगले अघि बढ्ने आशा व्यक्त गरेका छन् । गत अधिवेशनमा जम्मा एउटा कानुन बने पनि धेरै कानुन निर्माणको तयारी भइरहेकाले आगामी दिनमा धेरै काम हुने सभामुख घिमिरेले बताए ।