सभामुखले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै

सेयर गर्नुहोस्

२६ चैत, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् । संसदमा सांसदहरूले उठाएका विषयमा छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ । पछिल्लो समय नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारीमा संलग्नताको विषयमा संसदीय छानबिन समिति गठनको माग गरेको छ । कांग्रेसले समिति गठन नभए आगामी बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । प्रतिनिधि सभा बैठक मंगलबार बस्दैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *