एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी

सेयर गर्नुहोस्

२६ चैत्र, काठमाडौं । नेकपा एमालेका युवा नेता एवम् पुर्बमन्त्री महेश बस्नेतबिरुद्ध बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप लगाउँदै एक महिलाले बस्नेतविरुद्ध जाहेरी दिएकी छिन् एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा फौजदारी कसुरमा किटानी जाहेरी परेको छ । बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप लगाउँदै एक महिलाले उनीविरुद्ध जाहेरी दिएकी हुन् । सुरुमा सीधै प्रहरीमा जाहेरी दिएकोमा दर्ता नभएपछि हुलाकमार्फत उनले दर्ता गराएकी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनको जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ । नेपाल र भारतमा पटकपटक बलात्कार गरेको पीडितको दाबी छ ।   

साथै, दुई महिनाको पेटको बच्चा पनि औषधि खुवाएर गर्भपतन गराएको उजुरीमा उल्लेख छ । प्रमाणहरू नष्ट गर्न आफू बस्ने अपार्टमेन्टमा दुई युवक लगाएर मोबाइल डकैती गरिएको भन्दै त्यसमा पनि छानबिन माग गरिएको छ । एमालेकै कार्यकर्ता रहेकी ती पीडितले यसअघि सार्वजनिक रूपमै नेता बस्नेतविरुद्ध विभिन्न आरोप लगाउँदै आएकी थिइन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *