कांग्रेस र एमालेबीच गठबन्धन हुन जरुरी छ : नेता कोइराला

सेयर गर्नुहोस्

२५ चैत, दाङ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस र एमालेबीच गठबन्धन हुन जरुरी रहेको बताएका छन् । नेपाल प्रेस युनियन दाङले आइतबार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा। कोइरालाले आफुले कांग्रेस र एमालेको नयाँ गठबन्धनको सम्भावना देखेको बताएका हुन् ।

उनले भने – मुलुकमा नयाँ राजनीतिक समीकरणको सम्भावना मैले देखिरहेको छु, यो समीकरण नेपाली कांग्रेस र एमालेका बिचमा हुने छ, र यो गठबन्धन हुने उच्च सम्भावना छ । यो सरकार धेरै दिन नचल्ने दाबि गर्दै कोइरालाले यसको विकल्पको रुपमा कांग्रेस र एमालेबीचको समीकरण नै भएको बताएका छन् । उनले भने ‘मुलुकमा स्थायित्व आवश्यक छ, यो स्थायित्वका लागि कांग्रेस र एमालेबीच गठबन्धन हुनु जरुरी छ । यसर्थ यो गठबन्धनको अपरिहार्य म देख्छु ।’ कांग्रेस एमालेका बिचमा नयाँ समीकरण निर्माण गर्ने सवालमा अहिले छलफल समेत भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *