107
कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ठूला नेताहरूको सम्पत्ति शुद्धीकरण सम्बन्धी छानबिन सुरु भइसकेको र तत्कालीन ऊर्जामन्त्री देश छोडिसकेको बताएका थिए। तर सोही नामका पूर्व मन्त्री फेसबुकमा सक्रिय देखिएका छन्।
आज उनले सामाजिक सञ्जाल फेसबुकमार्फत काग तिहारको शुभकामनासहितको पोस्ट साझा गरेका छन्। पोस्टमा उनले “यमपञ्चकको पहिलो दिन काग तिहारको हार्दिक शुभकामना” भन्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। यसअघि गृह मन्त्रालयले ठूला नेताहरूको अवैध सम्पत्तिबारे अनुसन्धान अघि बढाइएको जनाएको थियो। मन्त्री अर्यालले भनेका थिए, “केही भागिसकेका छन्, अरू पनि भाग्ने तयारीमा छन्।” तर सार्वजनिक रूपमा सक्रियता देखाएका पूर्व ऊर्जामन्त्रीको फेसबुक पोस्टले अब मन्त्रालयको दाबीमाथि प्रश्न उठेको छ।