भोटेकोशी बाढीमा १ हजारभन्दा बढीको ज्यान गयो, ४ हजार ६०३ अझै बेपत्ता

भोटेकोशी बाढीमा १ हजारभन्दा बढीको ज्यान गयो, ४ हजार ६०३ अझै बेपत्ता
81

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति गरेको छ । बाढीमा मृत्यु हुनेको संख्या १ हजार ५८ पुगेको छ भने ४ हजार ६०३ जना अझै बेपत्ताको सूचीमा छन् । नेपाल प्रहरीले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार हालसम्म १ हजार ५८ जनाको शव फेला परेको हो ।

फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला र ३७१ पुरुष छन् । त्यस्तै, ३९० जनाको आंशिक अंग मात्र फेला परेको प्रहरीले जनाएको छ ।

हालसम्म ५८ शव परिवारलाई बुझाइएको छ भने ९७२ शवको मुचुल्का गरी व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ । तीमध्ये ६८४ शव गाडिएको प्रहरीले जनाएको छ ।

बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा शव पहिचानको काम जारी रहेको प्रहरीले जनाएको छ ।