100
असोज, काठमाडौं । मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाभित्र तिहारमा विदेशी फूललाई प्रतिबन्ध लगाएका छन् । विदेशबाट आयात भएको भन्दै स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनका लागि प्रतिबन्ध लगाएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन् ।
पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनका लागि महानगरले आगामी कात्तिक १ देखि ६ गतेसम्म ३२ स्थानमा फूल बिक्री केन्द्र स्थापना गरेको जानकारी दिए । अवैध रुपमा विदेशबाट आयात गरिएका फूल बिक्रीमा प्रतिबन्ध लगाउनु र स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनु नै हाम्रो उद्देश्य हो, अवैध रुपमा विदेशबाट आएका फूललाई महानगरपालिकाले जफत गर्ने राजुनाथले बताएका छन् ।