जेन–जी पुस्तालाई धोकामा पारियो : केपी ओली

19 October, 2025 315 Views
जेन–जी पुस्तालाई धोकामा पारियो : केपी ओली
315

कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्तालाई धोकामा पारिएको दाबी गरेका छन्। जेनजी आन्दोलनका कारण सरकारबाट हटेपछि अध्यक्ष ओलीले पहिलोपटक आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दाबी गरेका हुन्।

‘जेनजी आन्दोलनलाई तीन भागमा हेर्छु। उनीहरूका खुलस्त रूपमा तीनवटा माग थिए। भ्रष्टाचार, अन्त्य, सुशासन कायम र रोकिएका सामाजिक सञ्जाल खुलाइनुपर्छ भन्ने माग थिए। जेनजीलाई धोकामा पारियो । जे गरेर भए पनि विरोध प्रदर्शनका लागि तयार पारियो,’ उनले भने।

उनले जेन–जी आन्दोलनको क्रममा प्रधानमन्त्रीको राजीनामा नमागिएको पनि बताए। जेनजीहरुलाई धोकामा पारेर संसद् भवनतर्फ पु¥याइएको भनाई ओलीको थियो। 

Related Post