कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस शाखा घेराउ

06 November, 2025 110 Views
कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस शाखा घेराउ
110

कात्तिक,काठमाडौं । रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत भाषा परीक्षा उत्तीर्ण गरे पनि दक्षिण कोरिया पठाउन ढिलाइ गरेको भन्दै प्रदर्शन गरिएको छ । भाषा र सीप परीक्षा उत्तीर्ण गरेको दुई वर्ष बित्न लाग्दा समेत दक्षिण कोरिया जान नपाएका व्यक्तिहरूले बिहीबार ९कात्तिक २०० ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस शाखा घेराउ गरेका हुन् ।

सन् २०२५ का निम्ति एक लाख ६३ हजारजना परीक्षामा सहभागी भएका थिए । उनीहरूमध्ये १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । उनीहरूमध्ये अधिकांश हालसम्म करार सम्झौता समेत नभएका कारण दक्षिण कोरिया जान पाएका छैनन् । आफूहरूलाई कोरिया पठाउनुपर्ने उनीहरूको माग छ ।

सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो । हाल कोरियामा एक लाख हारहारीमा नेपाली कार्यरत छन् ।

Related Post