मोहन वैद्यले दिए राजीनामा, क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवको जिम्मेवारी सीपी गजुरेललाई

19 October, 2025 74 Views
मोहन वैद्यले दिए राजीनामा, क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवको जिम्मेवारी  सीपी गजुरेललाई
74

कात्तिक, काठमाडौं । पार्टी गठन गरेदेखि जिम्मेवारीमा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्य किरणले पदबाट राजीनामा दिएका छन्।

उमेरले ८० वर्ष पुगेका उनी केही वर्षदेखि अस्वस्थ छन् । केही समयअघि आमा बितेर दाङमा पुगे पनि उनी बिरामी भएका कारण तत्काल काठमाडौं फर्केका थिए ।

महासचिवबाट राजीनामा दिएपछि उनले नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन्। वैद्यले स्वैच्छिक राजीनामा दिएको सो पाटीका नेताहरूको भनाइ छ ।

Related Post