रिसोर्टमा लगेर १५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, आरोपी फरार

23 August, 2026 11 Views
रिसोर्टमा लगेर १५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, आरोपी फरार
11

काठमाडौं। चितवनमा १५ वर्षीया बालिकालाई रिसोर्टमा लगेर कोठा बन्द गरी बलात्कार गरेको आरोप लागेको छ। घटनापछि आरोपित युवक फरार छन्।

भरतपुर महानगरपालिका–७ का २८ वर्षीय सन्देश भट्टविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन्। जाहेरीअनुसार भट्टले भरतपुर–४ स्थित मिसन सफल प्रालिको रिसोर्टमा कोठा बुक गरी बालिकालाई फकाएर त्यहाँ लगेका थिए।

साउन ३१ गते भएको भनिएको घटनामा रिसोर्टको कोठामा पुगेपछि भट्टले चुकुल लगाएर बालिकामाथि बलात्कार गरेको आरोप छ। बालिकाले प्रतिकार गर्दै चुकुल खोलेर भाग्न सफल भएको जाहेरीमा उल्लेख छ।

घटनापछि भट्ट फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले जाहेरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रहरीले घटनाको थप अनुसन्धानसँगै आरोपितको खोजीलाई तीव्रता दिएको जनाएको छ।

Related Post