राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गर्दै प्रधानमन्त्री हिडेपछी हंगामा

12 May, 2026 66 Views
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गर्दै प्रधानमन्त्री हिडेपछी हंगामा
66

काठमाडौं,राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संसद भवनबाट बाहिरिनुभएको छ सोमबार संघीय संसदको संयुक्त सदनमा जारी सम्बोधनको करिब आधा घण्टापछि उहाँ बैठक हलबाट बाहिरिनुभएको हो।

राष्ट्रपतिले झण्डै १ घण्टा १५ मिनेट लामो सम्बोधन गरिरहँदा प्रधानमन्त्री शाह बीचैमा निस्किएपछि संसदमा उपस्थित सांसद र विशिष्ट अतिथिहरूमाझ केही बेर अन्योल देखिएको थियो। सामान्यतयाराष्ट्रप्रमुखले सरकारको वार्षिक नीति र कार्यक्रम सार्वजनिक गर्दा सरकार प्रमुख (प्रधानमन्त्री) अनिवार्य रूपमा उपस्थित रहनुपर्ने संसदीय मर्यादा र परम्परा रहेको छ 

प्रधानमन्त्रीको यो आकस्मिक बर्हिगमनलाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणीहरू सुरु भएका छन्। विपक्षी दलका नेताहरूले यसलाई संसदीय गरिमा र राष्ट्रपतिको अपमानका रूपमा चित्रण गरेका छन्।

यस वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताडिजिटल गभर्नेन्स र ७ प्रतिशतको आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य राखेको छ। तरनीतिगत बहस हुनुपर्ने समयमा प्रधानमन्त्रीको व्यक्तिगत आचरण र प्रस्तुति शैलीमाथि बढी चर्चा हुन थालेको छ।

 

Related Post