टिओबीको टिसर्ट लगाउने तेन्जेनको घरबाट नक्कली पेस्तोल बरामद

14 October, 2025 224 Views
टिओबीको टिसर्ट लगाउने तेन्जेनको घरबाट नक्कली पेस्तोल बरामद
224

असोज, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ‘फ्रि तिब्बत’ समर्थक समूह टिओबी (TOB) लेखिएको टिसर्ट लगाई पेस्तोल बोकेका युवकको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार बौद्ध बस्ने तेन्जिङ दावाको घरमा छापा मार्दा नक्कली पेस्तोल फेला परेको हो।

तेन्जिङलाई प्रहरीले हाल अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार तेन्जिङले लगाएको ज्याकेटमा लेखिएको (TOB) को अर्थ Tibetan Original Blood रहेको खुलेको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा तेन्जिङलाई बिजुली बजार पुलमा एक युवकबाट पेस्तोल लिँदै कम्मरमा भिरेर बाइक चलाउँदै हिँडेको दृश्य देखिन्छ। उक्त भिडियोबारे पनि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

Related Post