मुग्लिन पुलबाट हाम फाल्न खोजेका ३२ वर्षीय पुरुषको सकुशल उद्धार

01 July, 2026 135 Views
मुग्लिन पुलबाट हाम फाल्न खोजेका ३२ वर्षीय पुरुषको सकुशल उद्धार
135

१७ असार, तनहुँ। तनहुँस्थित मुग्लिन पुलबाट हाम फालेर आत्महत्याको प्रयास गरेका अन्दाजी ३२ वर्षीय एक पुरुषको प्रहरीले सकुशल उद्धार गरेको छ।बुधबार करिब साढे ११ बजे ती पुरुष मुग्लिन पुलको पिल्लरमा चढेर पिल्लरसँग जोडिएको फलामको लठ्ठाबाट हाम फाल्न खोजिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेका अनुसार सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले लामो समयसम्म सम्झाइबुझाइ गरेपछि ती पुरुषलाई सुरक्षित रूपमा पुलबाट तल झार्दै सकुशल उद्धार गरेको हो।उद्धारपछि उनलाई आवश्यक प्रक्रिया र परामर्शका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

Related Post