30
काठमाडौं । ३१ मिलियन डलर थप्दै अमेरिका नेपालसँग उभिएको छ। बाढीपहिरोबाट क्षतिग्रस्त नेपालको पुनरुत्थान तथा पुनर्निर्माणका लागि अमेरिकाले थप ठूलो सहयोग घोषणा गरेको हो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार १० मिलियन डलर अमेरिकी कम्पनीमार्फत स्थायी पुल निर्माणमा खर्च गरिनेछ, जसका लागि अमेरिकी कंग्रेससँग सहकार्य गरिनेछ। थप ८ मिलियन डलर खानेपानी, सरसफाइ, आश्रय र जीविकोपार्जनमा तथा १३ मिलियन डलर भविष्यका विपद्मा खोज–उद्धारका लागि ड्रोन खरिदमा खर्च गरिनेछ।
नयाँ घोषणासँगै बाढी प्रतिकार्य तथा पुनरुत्थानका लागि अमेरिकाले नेपाललाई घोषणा गरेको कुल सहयोग ३६ मिलियन डलरभन्दा बढी पुगेको छ। न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा अमेरिकी उपसचिव एलिसन हुकरले सहयोग घोषणा गरेकी हुन्।