धनगढीमा एभरेष्ट बैंकको १३४औँ शाखा सञ्चालन

धनगढीमा एभरेष्ट बैंकको १३४औँ शाखा सञ्चालन
31

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा १३४औँ शाखा सञ्चालनमा ल्याएको छ।

नयाँ शाखासँगै बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय पनि सोही नयाँ भवनमा स्थानान्तरण गरेको छ। यससँगै सुदूरपश्चिममा एभरेष्ट बैंकका शाखा संख्या १५ पुगेका छन्।

नयाँ शाखाको उद्घाटन धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समिति अध्यक्ष डा. बाल गोपाल वैद्यले संयुक्त रूपमा गरेका हुन्। उद्घाटनमा बैंकका सीईओ सुदेश खालिङसहित उद्योगी–व्यवसायी, कर्मचारी तथा स्थानीयको सहभागिता थियो।

Related Post