रसुवागढीमा बाढीले बगाएको ठाउँमा पुरानै स्थानमा सडक नबनाइने

रसुवागढीमा बाढीले बगाएको ठाउँमा पुरानै स्थानमा सडक नबनाइने
6

काठमाडौं । सरकारले रसुवागढी क्षेत्रमा बाढीले बगाएको स्थानमा पुरानै ठाउँमा सडक पुनर्निर्माण नगर्ने जनाएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले संसद्को पूर्वाधार विकास समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै बाढीले क्षति पुर्‍याएको ठाउँमा फेरि सडक बनाउने सरकारको योजना नरहेको बताएका हुन् ।

उनका अनुसार सडक निर्माणका क्रममा लो कटिङका कारण पहिरो खसेको ठाउँ भने आवश्यकताअनुसार पुनर्निर्माण गर्नुपर्ने हुन्छ । तर, बाढीले नै सडक बगाएको वा भू–भाग परिवर्तन गरेको स्थानमा भने त्यही ठाउँमा पुनः सडक बनाउनु उपयुक्त नहुने सरकारको धारणा छ ।

मन्त्री लम्सालले बाढीबाट क्षति भएको सडकलाई पुरानै संरचनामा फर्काउनेभन्दा सुरक्षित विकल्प खोजेर पुनर्निर्माण गर्नुपर्ने संकेत गरेका छन् ।

Related Post