त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको अवस्था गम्भीर, ९० प्रतिशत शरीर जलेको

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको अवस्था गम्भीर, ९० प्रतिशत शरीर जलेको
2

काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा घाइते भएका चालकको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।

कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

घाइते चालकलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो ।

त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार मध्याह्न आगलागी भएको थियो । बसका चालक काभ्रेका २५ वर्षीय दावा लामा हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक लामाले आफैँ बसमा आगो लगाएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Post