15
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ११ दिनसम्म रातिको समयमा विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ।
टेकु सबस्टेसनको प्राविधिक स्तरोन्नति, वितरण लाइन सुदृढीकरण तथा ११ केभी प्यानलमा नयाँ रिले र सबस्टेसन अटोमेसन प्रणाली जडान गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको हो।
ग्राहकलाई न्यूनतम असुविधा होस् भन्ने उद्देश्यले राति कामकाज सकिएपछि मात्र लाइन काटिनेछ। प्राधिकरणका अनुसार राति ११ बजेदेखि बिहान २ बजेसम्म वा बिहान २ बजेदेखि ५ बजेसम्म गरी बढीमा ३ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ।
प्राधिकरणले विद्युत् लाइन प्रभावित हुने क्षेत्रका ग्राहकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।