अझै पनि टिकटक चलिरहेको भए जानकारी गराउन प्राधिकरणको आग्रह

सेयर गर्नुहोस्

३ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कहि कतै टिकटकको प्रयोग भइरहेको पाएमा तरुन्त जानकारी दिन अनुरोध गरेको छ । टिकटकमा कतैबाट पनि पहुँच भइरहेको भए जानकारी गराउन अनुरोध गरेको हो । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन अनुरोध गरेको हो । प्राधिकरणबाट निर्देशन भइसक्दा पनि निर्देशनको कार्यान्वयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए त्यस्तो कम्पनीको बारेमा जानकारी गराउन अनुरोध गरेको हो ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटकको तत्काल प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । हिले टिकटक नियन्त्रणबारे विभिन्न बहस भइरहेका छन् । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि यसको एकथरीले समर्थन र अर्काथरीले विरोध गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *