रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते, ५ जनाको अवस्था गम्भीर

सेयर गर्नुहोस्

४ मंसिर, सुर्खेत । सोमबार बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा भएको जीप दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।  लु १ ज २२९७ नम्बरको जीप चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका–८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ । घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि लगिएको रुकुम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको रुकुमका प्रहरी प्रमुख नमराज भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *