टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीश कुमार चुडालको इजलाशमा

सेयर गर्नुहोस्

४ मंसिर, काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध परेका करिब १० रिटको सुनुवाइ न्यायाधीश डा. कुमार चुडालको इजलासमा तोकिएको छ । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । ती रिटमाथिको प्रारम्भिक सुनुवाइ सोमबार न्यायाधीश डा. कुमार चुडालको इजलासमा हुन लागेको हो । सरकारले सार्वजनिक शिष्टाचार विरुद्धका सामग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएसँगै प्रतिबन्धका सम्बन्धमा सकारात्मक र नकारात्मक टिप्पणी सुरु भएका थिए । शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइटेल, डा.सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, तथा फर्सुराम पाण्डे, स्वागत नेपाल लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *