बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ता बीच झडप

सेयर गर्नुहोस्

७ मंसिर, काठमाडौं । बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच झडप भएको हो । झडपमा दुवै पक्षले ढुंगा हानाहान गरेका छन् । युवा संघ २ सयभन्दा बढी कार्यकर्ता बल्खुमा पुगेको बताइएको छ । सुरक्षा स्रोतका अनुसार पहिले करिब २०० जना युवा संघका कार्यकर्ताले मोटरसाइकलमा आएर प्रसाईंका कार्यकर्तालाई जिस्काएका थिए भने केही समयपछि करिब ५०० जनाको संख्यामा मोटरसाइकलमा आएर ढुंगा हानेपछि स्थिति तनावपूर्ण बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *