८ मंसिर, काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको गणतन्त्र विरोधी आन्दोलनप्रति सरकार कठोर बनेको छ । प्रसाइँलाई घरमै नजर बन्दमा राखेको सरकारले उनका समर्थकलाई सडकबाट धमाधम पक्राउ गरेको छ । तीनकुने तथा भक्तपुरतर्फ आन्दोलनका लागि जान लागेका प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिइरहेको छ। विहीवार बल्खुमा प्रदर्शन गरेको यो समूहले आज तीनकुनेमा आन्दोलन केन्द्रीत गर्ने घोषणा गरेको थियो । तर सरकारले त्यहाँ प्रदर्शन गर्न रोक लगाएको छ । त्यहाँ पुग्नेलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको बताइएको छ ।