संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रका लागि वृहत राष्ट्रिय मोर्चा बनाउएर जुटेर काम गरौँ : राप्रपा नेपाल

सेयर गर्नुहोस्

११ मंसिर, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र स्थापना गर्न चाहने, संघीयता खारेज गर्न चाहने राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी दल र समुहलाई वृहत राष्ट्रिय मोर्चा निर्माण गर्न आह्वान गरेको छ । आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य चाहनेहरू एकजुट हुनुपर्ने निर्णय गरेको प्रवाक्ता वसन्तमान सिंह अधिकारीले बताए । उनले भने, समान विचारधारा भएकाहरू छरिएर होइन, जुटेर काम गर्‍यौं भने देशमा सकारात्मक परिवर्तन सम्भव छ । अहिले नेतृत्व वा समूहगत स्वार्थका निम्ति झगडा गर्ने बेला होइन । सामूहिक नेतृत्व र सबैको ससम्मान सहभागितको आधारमा मोर्चा निर्माण गरौँ, तथा जनआन्दोलनको दवावमा परिवर्तन सुनिश्चित गरौँ भन्ने राप्रपा नेपाल सबैमा आग्रह गर्दछ । बैठकले वर्तमान व्यवस्था असफल भएको निष्कर्ष निकालेको छ ।

जनता विकल्पको खोजीमा रहेको उल्लेख गर्दै संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दूराष्ट्र, सुदृढ स्थानीय स्वायत्त शासन तथा भ्रष्टाचारमुक्त सुशासन र समृद्धि जनताले खोजेको उनले सुनाए । वर्तमान व्यवस्था असफल भएको तीतो यथार्थ, देशको धरातलीय अवस्था र जनताको परिवर्तित चाहानाको सम्मान गर्दै सबै नेपाली अटाउने र सबैको पहिचान सुनिश्चित हुने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापना गर्ने कार्यमा सकारात्मक सहयोग गर्न तथा यथास्थितिबाट मुक्तिको जनचाहनालाई अवरोध र दमन नगर्न सरकार र प्रमुख राजनीतिक दलहरूसँग आग्रह गरिएको छ । यस्तै, पार्टीको केन्द्रीय कार्य समितिको बैठक यही मंसिर २४ र २५ गतेका लागि बोलाइएको छ । बैठकमा वृहत राष्ट्रिय मोर्चा निर्माण र भावी आन्दोलनको कार्ययोजना पेश गर्ने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *