भूकम्प प्रभावित क्षेत्रमा पुगे सीके राउत

सेयर गर्नुहोस्

११ मंसिर, जाजरकोट । जनमत पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य सीके राउत भूकम्प प्र​भावित क्षेत्र जाजरकोट पुगेका छन् । पार्टीका अन्य नेतासँगै राउत आइतवार जाजरकोट पुगेका हुन् । प्रतिनिधि सभाको विकास पूर्वाधार समितिका सदस्य समेत रहेका राउत पीडितको दैनिकी तथा पुनर्निर्माणको अवस्था बुझ्न जाजरकोट पुगेका हुन् । राउतले भूकम्प प्रभावित परिवारलाई ब्ल्याङ्केट वितरण गरेका समेत गरेका छन् । तराई मधेशकेन्द्रित जनमत पार्टीका सभापति राउतले पहाडी जिल्लामा समेत संगठन विस्तारको योजना बनाएको सो पार्टीका नेताहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *