भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सेना र प्रहरी खटाइने

सेयर गर्नुहोस्

१३ मंसिर, काठमाडौं । गत कात्तिक १७ मा रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको जाजरकोट र रुकुम पश्चिममा आवास बनाउन सरकारले स्थायी आवास निर्माणका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने निर्णय गरेको छ ।
राहत र उद्धारको तुलनामा अस्थायी आवास ढिला भएको निष्कर्षसहित प्रभावित जिल्लाको सुरक्षा समितिको सिफारिसमा सेना, प्रहरी र सशस्त्र प्रहरी खटाउने निर्णय गरिएको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘जनशक्ति अपुग भए प्रजिअको मागका आधारमा थप जनशक्ति बाहिरबाट पठाउने निर्णय भएको छ’, शर्माले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *