अचाक्ली बढेर आयो सुनको मूल्य तोलाको १ लाख १९ हजार ३००

सेयर गर्नुहोस्

१३ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । सोमबारयता प्रत्येक दिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । आज १९ हजार ३ सयमा कारोबार भइरहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबारको तुलनामा आज एक हजार ६०० रुपैयाँ बढी हो । यसअघि मंगलबार एक लाख १७ हजार ७०० रुपैयाँ र सोमबार एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी तोलामा एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *