कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड पुगे दुबईमा

सेयर गर्नुहोस्

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका छन् । दुबई विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सी लगायत युएईस्थित दूतावासका अधिकारीहरुले स्वागत गरे ।

प्रधानमन्त्री प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ। साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । कोप-२८ मङ्सिर १४ देखि २६ गतेसम्म (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म) दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा सम्बोधन गर्नेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *