एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

सेयर गर्नुहोस्

१४ मंसिर, काठमाडौं । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु गरेको छ । वैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले झन्डा फहराएर अभियानको आज बिहान उद्घाटन गरेका हुन् । एमाले पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रामा निस्किएको हो । एमालेले बिशेषगरी लोकमार्ग केन्द्रित अभियानलाई ‘समृद्धिका लागि समृद्धिको यात्रा’ नारा दिएको छ भने एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो सुन्ने एमालेले जनाएको छ । 

पहिलो दिन आजको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । यात्रालाई निरन्तरता दिँदै पुस २ गते काठमाडौं फर्कने बताइएको छ । पुस ५ गते यात्रा समापनसहित आफ्ना दृष्टिकोण सार्वजनिक गरिने महासचिव शंकर पोखरेलले जानकारी दिए । यात्राका क्रममा लोकमार्गलाई फास्टट्रयाकका रुपमा अघि बढाउने सम्भावनाको खोजी गरिने उनले बताए । यात्रामा भविष्यमा व्यवसायिक विषयको खोजी र भ्रमको निवारण गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *