तिमीहरूको मिसन–८४ ले देश बन्दैन : बालेन्द्र साह

सेयर गर्नुहोस्

१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मिसन–८४ ले देश नबन्ने बताएका छन् । बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन् । राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेका बेला महानगरका मेयर बालेन्द्र साहले ब्यग्यात्मक शैलिमा स्टाटस लेखेपछि यतिबेला उनको स्टाटसले चौतर्फि चर्चा पाईरहेको छ ।

उनको यो ब्यंग्यात्मक स्टाटसलाई लिएर बिभिन्न नागरिकरुको बिचार सम्म बिभाजित भएका छन । ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’ र्‍यापर​समेत रहेका उनले कवितात्मक शैलीमा फेसबूकमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *