एनएमबी बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने

सेयर गर्नुहोस्

१४ मंसिर, काठमाडौं । एनएमबी बैंकले सेयरधनीलाई यो वर्ष लाभांश नदिने भएको छ । लाभांश नदिने निर्णय गरेसंगै बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्ष २०७/र८० मा बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ३.३ प्रतिशत नगद र १२.५ प्रतिशत सेयर बोनस दिएको थियो । 

त्यस्तै २०७७/७८ मा ३.२ प्रतिशत नगद र १३ प्रतिशत बोनस दिएको बैंकले २०७६/७७ मा १४ प्रतिशत नगद र २१ प्रतिशत बोनस सेयर दिएको थियो । सेयर बजारमा बैंकको मूल्य प्रतिकित्ता २०४ रुपैयाँ ७० पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *