सुनको मूल्य घट्दा , चाँदीको मुल्य बढ्यो

सेयर गर्नुहोस्

१५ मंसिर, काठमाडौं ।  साताको अन्तिम दिन शनिबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १९ हजार, तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० र चाँदीको मूल्य एक हजार ५ सय ४० रुपैयाँ कायम भएको छ । यो मूल्य सुनको रेकर्ड मूल्यबाट केही तल झरेको हो । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड मूल्यमा स्थिर थियो । हिजो छापावल सुनको मूल्य एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदी एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *