नेपाल प्रहरीले दलितलाई जब्बर्जस्ती फसाउँछः दलित आयोग

सेयर गर्नुहोस्

१७ मंसिर, काठमाडौँ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाल प्रहरीले दलित समुदायलाई जब्बरजस्ती फसाउने गरेको आरोप लगाएका छन् ।शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धेरै निर्दोष दलितलाई फसाएर नेपाल प्रहरीले जेल चलान गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले दलितहरुलाई फसाउने काम नगर्न भनेर आफूले पटकपटक प्रहरी नेतृत्वलाई भन्ने गरेको गुनासो समेत गरेको बताएका छन्।

अध्यक्ष विश्वशर्माले दलित समुदायले कानून नजानेर फस्ने गरेको भन्ने नेपाल प्रहरीको भनाईमा सत्यता नरहेको जिकिर गर्दै दलितहरुलाई फसाउने काम हुन नदिन आयोगले नेपाल प्रहरीसँग मिलेर काम गर्ने योजना बनाएको बताएका छन् । उक्त कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक शारदा थापाले कानूनको जानकारी नभएका कारण पनि दलित समुदाय मुद्दा मामिलामा फस्ने गरेको दाबी गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *