दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्छ : अध्यक्ष ओली

सेयर गर्नुहोस्

१८ मंसिर, दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको समग्र विकास र समृद्धिको लागि नेकपा एमालेले मात्र ले नेतृत्व लिन सक्ने बताएका छन् । दैलेखको सदरमुकाममा आयोजना गरिएको सार्वजनिक भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक महत्त्व बोकेको दैलेख विकासको नेतृत्व लिन आफू र आफ्नो पार्टीले नेतृत्व लिने प्रतिबद्धता व्यक्त गरे ।

‘दैलेखमा भएको पेट्रोलियम अन्वेषणका नेतृत्व लिएको एमालेले अपुरो भएको मध्यपहाडी लोकमार्गलाई पुरा गर्ने, दुल्लुलाई स्मार्ट सिटी बनाउने, ३८६ किलोमिटर छोटो बाटोमा तिब्बत जोड्ने कुरादेखि कृषिको आधुनिकीकरण कसरी गर्ने रु भन्ने कामको नेतृत्व एमालेले गर्छ,’ अध्यक्ष ओलीले भने, ‘दैलेख जिल्लाको समग्र विकासका सम्भावनाका बारेमा हामीले जिल्लाका राजनीतिक दलहरूसँग छलफल गरेका छौँ । यहाँको विकास र समृद्धिको सपना साकार पार्न हामीले कार्यान्वयनको नेतृत्व लिन्छौँ । बालबालिका, शिक्षा, स्वास्थ्यका सन्दर्भमा एमालेले थुप्रै काम गरेको छ ।’

आगामी दिनमा युवाहरूलाई स्वरोजगार दिएर नेपालमा नै बस्ने वातावरण बनाउन कसरी सकिन्छ भनेर एमालेले संकल्प यात्रा शुरु गरेको जानकारी अध्यक्ष ओलीले दिए । आजको दुनियाँ बढिसक्यो तर नेपाल निकै पछाडि छ । यसलाई परिवर्तन गर्न, यहाँहरूको समाधान सुन्नका लागि, समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्यलाई साकार पार्न यस अभियानमा स्थानीयको बिचार र राय लिइरहेका छौँ अध्यक्ष ओलीले भने’, उनले भने, ‘विभिन्न माग पत्रहरु लिइरहेका छौँ । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, योगेश भट्टराई लगायतका नेताहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *