बालक्लवमा लागेका युवाहरु ४० वर्ष मुनि नै देशको प्रधानमन्त्री बन्न जरुरी छ : अध्यक्ष तिमिल्सिना

सेयर गर्नुहोस्

२१ मंसिर, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बालक्लवमा लागेका युवाहरु ४० वर्ष मुनि नै देशको प्रधानमन्त्री बन्ने वातावरण बन्नेमा आफु विश्वस्त रहेको बताएका छन् । मंगलबार काठमाडौको बानेश्वरस्थित अल्फा हाउँसमा आयोजित बालक्लवका पुर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले बालक्लवमा आबद्ध भएर लिएको सफल नेतृत्व देश विकासको मुलआधार बन्न सक्छ, जसका लागि ४० वर्ष भित्र नै देशको प्रधानमन्त्री हुन जरुरी भएका बताएका छन् । उनले नेपाली युवाहरुलाई विदेश जानबाट रोक्नका लागि बालक्लवमा लगानी बढाउन आवश्यक रहेको बताए ।‘ बालबालिकामा लगानी बढाउन सकियो भने देशमा दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने बालक्लवका पुर्वसदस्यहरुको यो भेलाले सरकारलाई सन्देश दिएको छ ।’ उनले भने, ‘देश विकासको मेरुदण्ड युवा दक्ष जनशक्ति हुन, ति दक्ष जनशक्ति उत्पादन गर्न सरकारले घरघरमा शिक्षा, स्वास्थ सहित लगानी गर्नुपर्ने, साथै बालक्लवमा लगानी बढाई बालबालिकालाई संगठित गरिनुपर्ने छ ।’ अहिले पनि बालबालिकालाई श्रममा लगाउने, पिट्ने अवस्था छ, सरकारले पर्याप्त लगानी गर्न सकेको छैन, जलवायु परिवर्तनको क्षतिपुर्ति दिदाँ पनि बालबालिकालाई प्राथमिकता दिन जोड दिए । साथै बालबालिका पोषणमा लगानी गर्न पनि जरुरी रहेको उनले बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बहादुर बानियाले बालबालिकालाई प्राथमिकतामा राखि काम गर्न सरकार प्रतिबद्ध र बताएका छन् । अहिले पनि बालबालिका विभिन्न हिंसा दुर्व्यहारका कारण पीडित भइरहेका छन त्यसलाई अन्त्य गर्न बालक्लवका पुर्वसदस्यहरुसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका हुन् । यस्ता किसिमका सन्देश प्रवाह गर्न र सोही अनुसार सुचना प्रवाहको रुपमा पनि बालक्लवका पूर्व सदस्यहरुले अभियान सञ्चालन गर्नुपर्नेमा जोड अध्यक्ष बानियाँले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *