सरकराले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा छ : प्रदीप ज्ञवाली

सेयर गर्नुहोस्

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका उपसमहासचिव प्रदीप ज्ञवालीले हरेक ठाँउमा सरकारले युवा केन्द्रित कार्यक्रम ल्याउन पर्ने आवश्यकता रहेको बताएका छन् । सरकराले युवा केन्द्रित कार्यक्रम् नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताएका छन् । शुक्रवार महाकाली—मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तुपुरमा कुरा गर्दै उनले सरकराले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताए । उनले यात्राका क्रममा आफूहरुले युवा केन्द्रित कार्यक्रम ल्याउन नसके केही समय भित्रै गाउँहरु रित्तिने र शिक्षा र स्वास्थ्यमा झनै ठूलो संकट पैदा हुने अवस्था मध्यपहाडी यात्राका क्रममा अनुभव भएको बताए ।

उनले गाउँ बस्तीहरु बिस्तारै युवाबिहीन अवस्थामा पुगेको भन्दै उनले जलवायु परिवर्तनका असरले पनि गाउँमा धेरै ठूलो क्षति परेको बताएका छन् । उनले राजधानीमा बसेर सत्ताको भागबण्डा छोडेर जनतामा आउन र जनताका समस्या समाधान गर्न पनि आग्रह गरे । उनले परिवर्तनपछि पनि जनतामा ठूलो पीडा यथावत रहेको भन्दै उनले सबै राजनीतिक दलहरुले जनताको अवस्था परिवर्तनका लागि स्वस्थ प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिए । उनले यात्राले नेकपा एमालेलाई जनतामा जोडिन र जनताका समस्या समाधानका लागि आवश्यक कदम चाल्ने कुरामा सहयोग पुगेको बताए । उपमहासचिव ज्ञवालीले पहाडी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगहरुको ठूलो सम्भावना रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *