२९ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मध्यपहाडी क्षेत्र भविष्यको आधार भएको दाबी गरेका छन् । बिहीवार भोजपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन । पार्टीको मेची—महाकाली यात्राले जनतामा उत्साह थपेको बताएका छन् । उनले मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा लिएको ठिक निर्णय लिएको भन्ने पुष्टि भएको बताए । उनले जनतामा निराशा पैदा गर्ने अवस्थालाई यात्राले उत्साह थपेको बताए । उएले गठबन्धन सरकारसँगको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार भइरहेको अवस्थालाई मध्यपहाडी यात्राले असफल बनाएको बताए । उएले यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार भएको बताए । उएले पूर्वाधारको विकास र बसाईंसराईको प्रवृत्तिबारे पनि अध्ययन भइरहेको बताए ।
उनले भने, ‘समृद्धिका लागि संकल्प यात्रा मंसिर १४ बाट आरम्भ गरेका थियौँ । आज १५ औं दिन भएको छ । हाम्रो यात्रा हामीले जतिबेला यात्राको योजना बनाएका थियौँ । जति ठाउँमा कार्यक्रम गर्ने भनेका थियौँ त्यो भन्दा ज्यादा जनतामा उत्साह देखापर्यो । जनता सडकमा आइसकेपछि जनतालाई उपेक्षा गरेर अघि बढ्न सकिँदैन थियो । त्यसैले यात्रा लामो पनि भयो । यात्राका क्रममा रातको १० बजेसम्म पनि सभा गर्नुपर्ने स्थिति भयो । मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा लिएको ठिक निर्णय लिएको भन्ने पुष्टि भएको छ । जनतामा निराशा पैदा गर्ने जुन प्रयास भएको थियो, गठबन्धन सरकारसँगको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार गर्ने, समाजलाई अराजकतातिर लैजाने प्रयास भएको थियो । यो यात्राले ति सबै प्रवृत्तिमाथि विजय हासिल गरेको छ । जनताको अजेय शक्तिलाई पुष्टि गरेको छ । नेकपा एमालेको यो यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार भएको छ । यसले भविष्यमा मुलुकको विकास र समृद्धिको यात्राका लागि महत्वपूर्ण आधार तयार गरेको छ । पूर्वाधारको विकास र बसाईंसराईको प्रवृत्ति जुन पहाडी क्षेत्रमा देखापरेको छ, त्यसलाई कसरी रोक्ने भन्नेबारेमा अध्ययन गर्न हामी चाहन्थ्यौँ । मध्यपहाडी क्षेत्र भविष्यको आधार हो भन्ने पुष्टि भएको छ । जनतामा फैलिँदै गइरहेको निराशालाई तोड्ने कुरामा यो यात्रा सर्वाधिक सफल रह्यो । भविष्यप्रतिको आशा जगाउने कुरामा यो यात्रा सफल भएको छ ।’ महासचिव पोखरेलले मध्यपहाडी क्षेत्र भविष्यको आधार भएको बताए । मध्यपहाडी यात्रा जनतामा फैलिँदै गइरहेको निराशालाई तोड्ने कुरामा सर्वाधिक सफल भएको बताए ।