धनुषामा मोटरसाइकल दुर्घटना हँदा दुई युवकको मृत्यु , एक गम्भीर घाइते

सेयर गर्नुहोस्

२९ मंसिर, धनुषा । धनुषाको लक्ष्मिनियाँमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु घएको छ । घटनामा अर्का एक गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान जनकपुरबाट ढल्केवर तर्फ आउँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाइकल धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीमा दुर्घटनामा परेको हो । दुर्घटनामा धनुषाकै कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तीव्र गतिको कारण अनियन्त्रित भएर मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ । सोही मोटरसाइकलमा सवार जनकपुर उपमहानगरपालिका–१२ का सत्रुधन सहनी गम्भीर घाइते छन् । उनको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *