मुलुकमा दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैनः ओली

सेयर गर्नुहोस्

१ पौष काठमाडौं । नेकपा (एमाले)) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताएका छन् ।  शनिवार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताए । पहिचानवादीहरुले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भईरहे त्यसले तनाव सृजना गर्ने र गरिवी नहट्ने बताए । उनले नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने पनि बताए ।

अध्यक्ष ओलीले भने, ‘म असहमती राख्ने साथीहरु सबै पार्टी, सबै समूहहरुलाई भन्न चाहन्छु–दुश्मनी गरेर कहीँ पुगिनेवाला छैन । मतभेदहरु हुन सक्दछन्, भिन्नताहरु हुन सक्दछन् । तर तिनलाई शान्तिपूर्ण ढंगले विधि र प्रक्रियाबाट, त्यस्ता निकायहरु छन् । त्यसबाट धैर्यतापूर्वक संवादको माध्यामबाट हुनसक्छ । अरु निर्वाचनका माध्यामबाट हुन सक्दछन् । त्यसरी समाधान गरिनुपर्दछ । संवादबाट शान्तिपूर्ण ढंगले । हामीलाई शान्ति चाहिन्छ । यो विविधतामा हामी अल्झियौं भने यस विविधताले आन्तरिक द्वन्द्व, वैमनष्यता, आशंका, अविश्वास, तनाव सृजना गर्दछ । त्यसबाट हामी गरिवका गरिव रहन्छौं । अनि, स्विजरल्याण्ड धनी भयो, फलानो धनी भयो । इजरायल पनि धनी भइसक्यो । बालुवा नै बालुवाको देश युएई धनी भइसकेछ । त्यसो भएर काम गर्न हामी त्यहाँ जानुपर्छ भन्ने होइन । आफ्नो देश हामीले किन नबनाउने रु यति सुन्दर देश । हामी आफैंले बनाउन सक्छौं ।  अध्यक्ष ओलीले मुलुक बनाउने काम एमालेले मात्रै गर्नसक्ने दाबी समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *