एमालेको संकल्पा यात्रा आज सकिँदै

सेयर गर्नुहोस्

१ पुस, काठमाडौं । नेकपा एमालेले सुरु गरेको संकल्प यात्रा आज सकिँदैछ । चिवाभन्ज्याङमा राष्ट्रिय झन्डा फहराएर गत मंसिर १४ गतेदेखि सुरुभएको मध्यपहाडी पुष्पलाल राजमार्गको यात्रा औपचारिक रूपमा सम्पन्न गरिन लागेको एमालेले जनाएको छ । संकल्प यात्रा समापन गरिने भएपनि यात्राले नेपाली राजनीति र समाजमा पारेको प्रभाव र सन्देशका बारेको विमर्श भने निरन्तर जारी रहने एमालेले जनाएको छ । यात्राका क्रममा कोसी प्रदेशमा आइपुग्दा प्रदेशको नामकरणसँग असहमत पक्षले यात्रालाई अवरोध सिर्जना गरेका थिए ।

आजको यात्रा १०१ किलोमिटर रहेको छ । पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झन्डा झण्डोत्तोलनसहित यात्राको समापन हुने एमालेले जनाएको छ । शनिवार पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट चिवाभञ्ज्याङ जान लागेका पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । प्रवक्ता गौतमका अनुसार, फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनेछन् । ३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुनः फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिए । मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न यो पदयात्रा गरिएको एमालेको जिकिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *