एमालेको संकल्प यात्रालाई अवरोध गर्ने प्रयास

सेयर गर्नुहोस्

१ पौष, काठमाडौं । नेकपा एमालेको संकल्प यात्रालाई अवरोध गर्ने प्रयास भएको छ । थरपुबाट च्याङ्थापु सडकखण्डकोबीचमा तार जोडिएको अवस्थामा शङ्कास्पद वस्तु भेटिए पछि यतिबेला त्यसक्षेत्रमा सुरक्षाकर्मीको निगरानी बढाईनुका साथै आवतजावत बन्द गरिएको छ । नेकपा एमालेको संकल्प यात्रालाई अवरोध गर्ने प्रयास स्वरूप त्यहाँ शङ्कास्पद वस्तु राखिएको हो । सुरक्षाकर्मीको टोली त्यहाँ खटिएको छ । नेकपा एमालेको मध्यपहाड केन्द्रित संकल्प यात्राका लागि टोली आज फिदिमबाट च्याङथापु हुँदै चिवाभञ्ज्याङतर्फ जाँदै छ ।

चिवाभञ्ज्याङ पुगेर एमालेले समृद्धिका लागि संकल्प यात्रा समापन गर्दै छ ।  एमाले नेताहरू चढेको गाडी पुलावारि नै होल्ड गरिएको छ । अध्यक्ष केपी शर्मा ओली भने हेलिमार्फत चिवाभञ्ज्याङ जाने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *